Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो बनाउन शिक्षक महासंघको अपील





काठमाडौँ ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी राख्न शिक्षकहरूलाई अपिल गरेका छन् ।
सरकारसँग अनौपचारिक छलफल चलिरहेको भएपनि निष्कर्षोन्मुख नभएको भन्दै उनले आन्दोलन जारी राख्न भनेका हुन् । अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक रहेको सुवेदीले बताएका छन् ।
‘आन्दोलन लम्बिँदै जाँदा बाधा र अड्चन बढेका छन् । त्यससँग लड्दै आन्दोलनमा डटिरहन सबै साथीहरूमा अनुरोध छ । पेसाकर्मीसँग भएको हतियार नै सामूहिक र संगठित लडाइँ हो’, सुवेदीले भनेका छन् ।
उनले सदाझैं अनुशासित र संयमित भएर आन्दोलनमा सहभगी हुन शिक्षकहरूलाई आग्रह गरेका छन् । वरिपरिका बोट बिरुवाको सुरक्षा र सरसफाइको विशेष ध्यान राख्न उनको आग्रह छ ।
अध्यक्ष सुवेदीले आन्दोलनमा नआएका शिक्षकहरूलाई काठमाडौं आउन समेत आग्रह गरेका छन् ।
‘घर बसिरहेका साथीहरू, म पनि जानुपर्छ, आन्दोलनमा मेरो उपस्थिति आवश्यक छ भन्ने कुराले तपाईंलाई घोचिरहेको छैन ? आफ्नो आन्दोलनमा आफ्नो सक्रिय सहभागितााका लागि काठमाडौं आउनुहोला’, सुवेदीले लेखेका छन् ।
देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० देखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । बिहीबार सर्वोच्च अदालतले शिक्षकका जायज र संविधानसम्मत माग पूरा गरेर तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन निर्देशनात्मक आदेश जारी गरेको थियो ।
आन्दोलनरत शिक्षक र शिक्षामन्त्रीबीच शनिबार बिहान छलफल भएको थियो । तर, उक्त छलफल विनानिष्कर्ष टुंगिएको थियो । त्यसपछि शिक्षक महासंघका पदाधिकारीहरूले शनिबार दिउँसो नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए ।
शिक्षक र सरकारबीच आज पनि वार्ता हुनेछ । तर, समय अहिलेसम्म तय भइसकेको छैन ।