Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त





काठमाडौँ ।

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूका समस्या वार्ताबाट समाधान गर्ने बताएका छन् । पदभार ग्रहण गरेपछि मन्त्री पन्तले शिक्षकका समस्याबारे जानकार रहेको बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न प्रयत्न गर्ने बताएका हुन् ।

शिक्षकहरूको समस्याका बारेमा जानकार रहेको बताउँदै उनले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेपछि कसरी अगाडि जाने भन्ने विषयमा बोल्ने बताए ।

‘भर्खर त मन्त्रालयको जिम्मेवारी सम्हालेको छु । शिक्षकहरूका मागका विषयमा जानकार छु । मन्त्रालयका अधिकारीहरूले वार्ताको लागि पहल गरिरहेका छन् । यो विषयमा बुझेपछि आफ्नो धारणा बनाउँला,’ पन्तले भने ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।