Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

के हो निःसन्तान समस्या ? कसरी गर्ने आधुनिक उपचार ?





आधुनिक जीवनशैली र असन्तुलित खानपानका कारण निःसन्तान समस्या विश्वव्यापी रूपमा बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर १७.५ प्रतिशत व्यक्ति निःसन्तान समस्याबाट प्रभावित छन् । औसतमा, प्रत्येक ६ जनामध्ये एकजनाले आफ्नो जीवनकालमा निःसन्तानको अनुभव गर्ने गरेका छन् ।

डब्ल्यूएचओका अनुसार, यदि कुनै दम्पतीले लगातार १२ महिना वा सोभन्दा बढी समयसम्म नियमित असुरक्षित यौन सम्पर्क राख्दा पनि गर्भधारण नभएमा त्यसलाई निःसन्तानको समस्या मानिन्छ । पछिल्लो समय चिकित्सा विज्ञानले यस समस्याको समाधानका लागि विभिन्न प्रविधि विकास गरिसकेको छ ।

निःसन्तान समस्या पहिलाभन्दा गम्भीर बन्दै गए पनि आधुनिक प्रविधिको प्रयोगले समाधान सम्भव छ । आईयूआई र आईभीएफ विधि प्रयोग गरी हजारौं दम्पतीले सन्तान सुख प्राप्त गरिरहेका छन् । चिकित्सकसँग परामर्श लिएर उचित उपचार विधि अपनाएमा निःसन्तानताको समस्या समाधान गर्न सकिन्छ ।

उपचार विधि
निःसन्तानताको समस्या पहिचान गर्न सबैभन्दा पहिला दम्पतीमा समस्या के छ भन्ने कुरा पत्ता लगाउनु आवश्यक हुन्छ । कतिपय अवस्थामा शारीरिक सम्पर्क राख्ने सही समय नमिल्दा मात्र पनि गर्भ रहन नसक्ने भएकाले यसलाई सामान्य चिकित्सकीय सल्लाहले समाधान गर्न सकिन्छ ।

यदि पुरुषको शुक्रकीटमा केही कमजोरी देखिएमा तीनदेखि छ महिनासम्म औषधि दिएर उपचार गरिन्छ । कतिपय अवस्थामा औषधिले मात्र पनि सकारात्मक परिणाम दिन सक्छ ।

आईयूआई (इन्ट्रा युटेराइन इन्सेमिनेसन)
यदि औषधि प्रभावकारी नदेखिएमा, आईयूआई विधि अपनाइन्छ । यस विधिमा महिनावारीको दोस्रो दिनदेखि पाँच दिनसम्म डिम्बाशयमा अण्ड उत्पादन बढाउने औषधि दिइन्छ । नियमित अल्ट्रासाउन्ड गरिँदै डिम्ब परिपक्व भएको जाँच गरिन्छ । डिम्ब परिपक्व भएपछि श्रीमानको शुक्रकीट लिएर ल्याबमा स्वस्थ शुक्रकीट छुट्याइन्छ र पाठेघरमा प्रत्यक्ष रूपमा राखिन्छ । यो प्रक्रिया पाँचदेखि दस मिनेटसम्म चल्छ र महिलालाई बेहोस बनाउनु पर्दैन । पहिलो प्रयास असफल भएमा चारदेखि पाँचपटक दोहोर्‍याउन सकिन्छ । आईयूआई विधिबाट बच्चा बस्ने सम्भावना १०–१५ प्रतिशतसम्म हुन्छ ।

आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन– टेस्ट ट्युब बेबी)

यदि पाँच पटकसम्म आईयूआई गर्दा पनि गर्भ रहँदैन भने आईभीएफ प्रविधि अपनाइन्छ । यो विधि विशेष रूपमा पाठेघरको नली बन्द भएका महिलाका लागि उपयुक्त हुन्छ । यसमा महिलाको महिनावारीको दोस्रो दिनदेखि १०–१२ दिनसम्म विशेष इन्जेक्सन दिइन्छ । डिम्ब परिपक्व भएपछि अर्को इन्जेक्सन दिएर पूर्णरूपमा तयार गरिन्छ र बेहोस बनाएर डिम्बाशयबाट परिपक्व अण्ड निकालिन्छ ।

श्रीमानको शुक्रकीट लिएर ल्याबमा अण्ड र शुक्रकीट निषेचन गरिन्छ । त्यसपछि तीन–चार दिनपछि भ्रुण तयार भएपछि पाठेघरमा राखिन्छ । यो प्रक्रियामा २० दिनदेखि दुई महिनासम्म समय लाग्न सक्छ । आईभीएफ विधिबाट जुम्ल्याहा वा तिम्ल्याहा बच्चा जन्मने सम्भावना बढी हुन्छ किनभने यसमा तीनवटा डिम्ब निषेचित गरिन्छ ।