Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु





जनकपुरधाम ।
३ छोराछोरी सहित एकजना महिलाले धनुषामा विष सेवन गरेका छन् । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा भएको सो घटनामा ३ जना छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ३० वर्षीया पविता साह गम्भीर अवस्थामा प्रादेसिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका छन् ।
यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएका छ ।
प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा घरमै आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो । अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो ।
राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घरायसी विवादमा पविताले तीनै छोराछोरी सहित विष सेवन गरेको हुन सक्ने प्रहरीको आशंका रहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।