Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

२० सरकारी वकिलको सरुवा





काठमाडौँ ।
न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ ।
शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो । न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ । सरुवा हुनेमा उमाकान्त पौडेललाई उच्च सरकारी वकिल कार्यालय नेपालगन्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । त्यस्तै मिना गुरुङलाई धनकुटाबाट महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ ।