Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतमा जम्मु कश्मिर र हरियाणा राज्यको विधानसभा निर्वाचनको मिति घोषणा





एजेन्सी ।
भारतीय निर्वाचन आयोगले जम्मु कश्मिर र हरियाणा राज्यको विधानसभा चुनावका लागि मितिको घोषणा गरेको छ । जम्मु कश्मिरमा ३ चरणमा विधानसभाको निर्वाचन सम्पन्न गरिने छ भने हरियाणामा एक चरणमै विधानसभाको निर्वाचन गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ । जम्मु कश्मिरमा १८ सेप्टेम्बरमा ४३ र २५ सेप्टेम्बरमा ४७ विधानसभा सिटका लागि मतदान हुनेछ । भारतमा धारा ३७० हटेपछि जम्मु कश्मिरमा पहिलो पटक विधानसभाको चुनाव हुन लागेको हो ।
हरियाणाको ९०वटै विधानसभा सिटका लागि अक्टुबर १ तारिखमा मतदान हुनेछ । भारतीय निर्वाचन आयोगले उत्तर प्रदेश र बिहारको खाली रहेको विधानसभा सिटमा समेत उपनिर्वाचन गराउने तयारी गरेको छ ।