Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संस्थागत विद्यालयपनि बन्द गर्न नेपाल शिक्षक महासंघको आग्रह





काठमाडौँ ।
नेपाल शिक्षक महासङ्घले आन्दोलन अवधिभर संस्थागत विद्यालय समेत बन्द गर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महासङ्घले शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगेकोले सबैलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन समेत आग्रह गरेको छ । ’शैक्षिक आम हडतालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।
महासङ्घले भनेको छ–’विगतका सबै सहमति सम्बोधन गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्न राज्यलाई बाध्य पार्न नेपाल शिक्षक महासङ्घको आयोजनामा हुँदै गरेको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन उत्कर्षमा छ । यस्तो बेला यो आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य हुन्छ । त्यसैले देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौँ आउनुहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ ।’
आन्दोलन अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन पनि महासङ्घले आग्रह गरेको छ । आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत महासंघको आग्रह छ ।