Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल खबरमा संजय चौधरी, उहाँले भन्नुभयो – शक्तिको आडमा स्मृति भवन त बन्छ तर त्यो दीघार्यू हुन सक्दैन

‘सरकारी बजेट पचाउन पनि कतिले स्मृति भवन निर्माणमा लागेका छन्’





सुजीतकुमार झा
जनकपुरधाम ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता संजय चौधरीले शक्तिको आडमा स्व. रामनारायण मिश्र स्मृति भवन त बन्छ तर त्यो दीघार्यू हुन सक्दैन बताउनुभयो । उहाँले विरोध गर्नेहरुलाई मुख मुन्ने काम भइरहेको समेत आरोप लगाउनु भयो ।
जनकपुरधाममा चाँदपार्क निर्माण भएपछि टुटेको इतिहास कसैसँग नलुकेको सत्यलाई बुझनु पर्छ मोडेल खबरसँग कुरा गर्दै उहाँले बताउनुभयो ।
अहिले जनकपुरधामको हित हेर्ने र नहर्ने बीचको प्रतिस्पर्धा रहेको छ त्यो प्रतिस्पर्धामा कसको जीत हुन्छ प्रतीक्षाको विषय रहेको समेत उहाँले बताउनुभयो ।
सरकारी बजेट पचाउन पनि कतिले स्मृति भवन निर्माणमा लागेका छन् उहाँले ठोकुवाका साथ बताउनुभयो ।
गंगासागर बाहेक कुन ठाउँमा स्मृति भवन बन्नुपर्छ ? विरोधका लागि तपाइको तैयारी कस्तो छ लगायत विभिन्न विषयमा संजय चौधरीले मोडेल खबरको पोडकाष्ट चैनल मा कुराकानी गर्नुभयो । उहाँसँगको कुराकानी केहीबेरमा https://www.youtube.com/@ModelKhabar प्रसारण हुनेछ । हेर्न एवं सुन्नुहोला ।