Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राराबमा लगाइएको ताला खोलियो, आंशिक शिक्षकहरुको तलब भुक्तानी सम्बन्धि प्रकृया क्याम्पस प्रशासनले अगाडी बढाए





जनकपुरधाम ।
रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा चैत २८ गते लगाइएको तालबन्दी आज खोलिएको छ । आंशिक शिक्षकहरुको तलब भुक्तानी सम्बन्धि प्रकृया क्याम्पस प्रशासनले अगाडी बढाएको पत्र प्राध्यापक संघलाई आज दिएका थिए त्यही आधारमा ताला खोलिएको जानकारी प्राध्यापक संघ राराब क्याम्पस एकाइ समितिका सभापति मुक्तिनाथ साहले मोडेल खबरलाई दिएका छन् ।
त्रिवि रजिष्टार कार्यालयको निर्देशन अनुसार क्याम्पस प्रमुखद्वारा आंशिक शिक्षकहरुको तलब भुक्तानी प्रकृया अगाडी सकिएको जानकारी यस राराब क्याम्पसको चलानी नं. १६९२–०८१–०८२ को मिति २०८२ बैशाख ४ गतेको पत्रानुसार प्राप्त भएको हुँदा आज दिउँसो डेढ बजे तलाबन्दी खोली
आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगीत गरिएको जानकारी प्राध्यापक संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । सो विज्ञप्ति सभापति मुक्तिनाथ साह, सचिव डा. शिवेन्द्र लाभ कर्णद्वारा जारी गरिएको छ ।