

जनकपुरधाम ।
जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसले ४ वटा सहायक क्याम्पस प्रमुखका लागि दरखास्त आह्वान गरेको छ । बैशाख ९ गते बेलुका ५ बजेसम्म दरखास्त दिनका लागि क्याम्पसले सूचना जारी गरेको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय, मानविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षा संकायका लागि एक–एक जना सहायक क्याम्पस प्रमुख माँग गरेको छ ।
त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धि विनियम २०८१ को परिच्छेद २० को नियम नं. ४४ को उपनियम १ बमोजिमको योग्यता पुगेका सो क्याम्पसमा प्राध्यापनरत शिक्षकहरुले दरखास्त गर्न पाउँछन् ।
यता क्याम्पस प्रमुख प्रा. डा. वसन्त कर्णले छनौट समिति कस्को नेतृत्वमा बनाइएको र समितिमा को–को रहनु भएको नाम सार्वजनिक गर्नु भएको छैन् । सूचनामा पनि समितिको पदाधिकारीको हस्ताक्षर नरहेकोमा क्याम्पसका केही शिक्षकहरुले नै आलोचना गरेका छन् ।

