Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नयाँ शैक्षिकसत्रमा सरकारको ७ बुँदे निर्देशन





काठमाडौं ।

नयाँ शैक्षिकसत्रमा शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका बेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७ बुँदे निर्देशन जारी गरेको छ ।

शिक्षा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, उपलब्धिमूलक, विश्वसनीय र सेवाग्राहीमैत्री बनाउन भन्दै केन्द्रले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै निर्णय कार्यान्वयन गर्न भनेको छ ।

नयाँ शैक्षिकसत्र कार्यान्वयन गर्ने मुख्य सरोकारवाला शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

केन्द्रले जारी गरेको परिपत्रमा एक शैक्षिकसत्रका लागि २२० दिन रहेको भनिएको छ । तर चैत २० देखि शिक्षकहरू आन्दोलनमा छन् । नयाँ शैक्षिकसत्र सुरु भएको पनि तीन दिन भइसकेको छ । तर शिक्षक र सरकारबीच सहमति भएको छैन ।

सरकारले आन्दोलन रोकेर विद्यालय फर्किन भने पनि शिक्षकहरुले मानेका छैनन् । यहीबेला विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति तथा शुल्क, प्रारम्भिक बाल शिक्षा लगायतका विषयमा सरकारले सात बुँदे निर्देशन जारी गरेको छ ।

हेर्नुहोस् शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको परिपत्र–