

सुजीतकुमार झा
जनकपुरधाम ।
नेकपा एमालेका प्रभावशाली नेता शिवशंकर साह ‘हिरा’ले जनकपुरधामको गंगासागर घाटमा स्व. रामनारायण मिश्र स्मृति भवन कुनै हालतमा बन्न सक्दैन बताउनु भएको छ । एकातिर जनकपुरधामलाई धार्मिक टुरिजमको रुपमा विकास गर्ने कुरो गर्ने अर्को तर्फ ऐतिहासिक सम्पदालाई नाश गर्ने यो हुँदैन भवन बनाउनेहरुलाई जनकपुरधामको भविष्य देखेर काम गर्नुपर्छ उहाँको सल्लाह रहेको छ ।
गुठी संस्थानले घाटमा भवन बनाउन रोक लगाइ सक्यो, वृहत्तरले रोक लगाइ सक्यो अनि एकलै जनकपुरधामको मेयरले चाहेर भवन बन्न सक्छ यो उहाँहरुको दीवास्वप्न मात्र रहेको हिराले बताउनुभयो ।
मोडेल खबरसँग कुरा गर्दै हिराले भन्नुभयो स्व. मिश्रको नाउँमा कुनै कार्य हुन्छ हाम्रो पनि समर्थन रहेको छ । बरु स्वर्गद्वारको पछाडी गुठीको जमीन लिइ त्यसमा स्मृति भवन बनाउनुस हामी पनि त्यो पुनित कार्यमा सहभागि बन्छु तर ऐतिहासिक स्थल मास्न दिन्न ।
गंगा सागर धनुष सागरमा यत्रो भवन बनेको, क्लबको कार्यालय रहेको यति सम्म कि भाडा पनि लगाइएको छ त्यसको विरोध नगर्ने तर रामनारायण मिश्रको नाउँमा बनिरहेको भवन प्रति मात्रै आपत्ति किन ? विकासमा कांग्रेस र एमाले किन गरिरहनु भएको ? यस्ता दर्जनो प्रश्नमा हिरा के भन्नुहुन्छ ।
हिरासँगको विशेष कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा केहीबेरमा हेर्न एवं सुन्न सकिन्छ ।

