Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मोडेल खबरको पोडकाष्ट चैनलमा जीवनाथ चौधरी, उहाँले भन्नुभयो – गंगा सागर घाटमा निर्माण भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन बन्न कुनै शक्तिले रोक्न सक्दैन





सुजीतकुमार झा
जनकपुरधाम ।

नेपाली कांग्रेसका युवा नेता जीवनाथ चौधरीले गंगा सागर घाटमा निर्माण भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन बन्न कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो । यो भवन समाजको लागि बनि रहेको छ समाज यसको पक्षमा छन् यस्तो अवस्थामा कसैले रोक्न चाहेपनि यो रोक्नेवला नरहेको उहाँले बताउनुभयो ।
मोडेल खबरसँग कुरा गर्दै कांग्रेस नेता चौधरीले निर्माणको क्रममा केही विवादहरु आएको छ त्यसमा कांग्रेस र एमाले भनेर जोडनु हुँदैन एमालेकै नेता भौतिक निर्माण मन्त्री हुँदा यसको टेण्डर भएको छ उल्लेख गर्नुभयो ।
राम्रो कामका लागि विरोध गर्नेहरु धनुषासागरको घाटमा क्लबको भवन बनाउँदा किन नरोकेको त्यहाँ भवन बनाइ भाडा पनि उठाइदैछ उहाँले यो प्रसंग उठाउनु भयो ।
तेलहा मरहा पोखरीको चारैतिर घर बनाइएको छ त्यहाँ विरोध गर्नुस बताउँदै उहाँले भन्नुभयो सार्वजनिक काममा विरोध गरेर विकास विरोधी बन्ने प्रयास नगर्नुस उहाँले बताउनु भयो । जीवनाथ चौधरीसँग लामो कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा केही बेरमा सुन्न एवं हेर्न सकिन्छ ।