Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तोकिएको पाठ्यपुस्तक लागु नगर्ने विद्यालयलाई कारबाही गर्ने जनकपुरधाम उपमहानगरको चेतावनी





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाले तोकिएको पाठ्यपुस्तक लागु नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
उपमहानगरको शिक्षा शाखा प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै तोकिएको पाठ्यपुस्तक लागु नगर्ने विद्यालयलाई आवश्यक कानूनी कारबाही गर्ने चेतावनी दिएका हुन् । यसका साथै शैक्षिक सत्र २०८२ देखि नै यो निर्णय कार्यान्वयनमा ल्याउन समेत आग्रह गरिएको हो । उपमहानगर अन्तर्गतका विद्यालयहरुको छाता संगठनहरुले लागु गर्न सिफारिश गरेको पाठ्यपुस्तक शिक्षा समितिले पाठ्यपुस्तकमा अनिवार्य रुपमा एकरुपता ल्याउन आग्रह गरेको हो ।
पालिकाले गत फागुन २९ गते र गत चैत ११ गते संस्थागत विद्यालयहरुमा अध्ययन अध्यापन गराइने पाठ्यपुस्तकहरुको विवरण माग गरिएको थियो । यद्यपि सोको विवरण हालसम्म आउन नसकेको उपमहानगरले जनाएको छ ।