Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिविको उपप्राध्यापकको लिखित परीक्षामा न्यून उत्तीर्ण, कुनैमा शून्य, कुनैमा १ मात्र





काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। २०७७ फागुन ९ गते प्रकाशित गरेको विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो।

आयोगले २०८१ भाद्र र असोजमा लिखित परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामध्ये आयोगले आज कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका ३१ विषयको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो।

सार्वजनिक गरिएको नतिजा भने रोचक देखिएको छ। कतिपय विषयमा माग गरेभन्दा निकै कम पास भएका छन्।  कम्प्युटर विज्ञानमा २० जना उपप्राध्यापकका लागि गरिएको विज्ञापनमा लिखित परीक्षामा ५ जना पास भएका छन् । लिखित परीक्षामा ३८ जना सहभागी भएका थिए।

त्यस्तै गणित विषयका लागि समेत २० जनाको विज्ञापन माग गरेकोमा २ जनाले मात्रै लिखित परीक्षा पास गर्न सकेका छन्। गणित विषयका लागि १०४ जनाले लिखित परीक्षा दिएका थिए ।

त्यस्तै तथ्यांकशास्त्रमा १५ जनाका लागि विज्ञापन गरिएकोमा २ जनाले मात्र लिखित परीक्षा पास गरेका छन्। त्यसका लागि ३६ जनाले लिखित परीक्षा दिएका थिए।

त्यस्तै प्राणी शास्त्रमा २० जनाका लागि गरिएको विज्ञापनमा १४ जना पास भएका छन् । जसमा ११ जना खुला तर्फ माग गरेकोमा ७ जना पास भएका छन् । अपाङ्ग, मधेसी र दलित कोटाबाट भने कसैले पनि लिखित परीक्षा पास गर्न सकेनन्।

त्यस्तै भौतिक शास्त्रतर्फ २५ जनाका लागि विज्ञापन माग गरिएकोमा ३ जना मात्रै पास भएका छन्। जसमा १७५ जनाले लिखित परीक्षा दिएका थिए।  त्यस्तै रसायनशास्त्रतर्फ २४ जनाका लागि विज्ञापन माग गरिएकोमा ११ जना पास भएका छन्। जसमा १२८ जनाले लिखित परीक्षा दिएका थिए।

कतिपय विषयमा भने कुनै पनि परीक्षार्थीले लिखित परीक्षा पास गर्न सकेका छैनन्। डाइटेटिक्स, बायोक्यामेस्ट्री, फरेस्ट्री, दुग्ध विज्ञान, एनिमल न्युट्रिसन विषयको लिखित परीक्षामा भने कुनै पनि परीक्षार्थीले लिखित परीक्षा पास गर्न सकेनन्।

अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूको अन्तर्वार्ता २०८२ जेठ ०४ गते देखि सञ्चालन हुने आयोगले जनाएको छ । तत्कालीन समयमा आयोगले विज्ञापन आह्वान गरेकामा अदालतमा मुद्दा परेपछि अहिलेसम्म परीक्षा हुन सकेको थिएन। अदालतले परीक्षा प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि आयोगले परीक्षा प्रक्रिया अगाडि बढाएको थियो ।