Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपालीहरुको संस्कृति झल्काउने बनारसको ‘ललिता घाट’





जयन्त ठाकुर
जनकपुरधाम ।
भारतको उत्तर प्रदेशराज्यस्थित बनारसको काशी विश्वभरीकै हिन्दुहरुका लागि आस्थाको केन्द्र हो । मोक्ष प्राप्तिका साथै काशी विश्वनाथ महादेवको दर्शनका लागि कम्तीमा एक पटक काशीको धर्तीमा पुग्ने धोको हिन्दुहरुको हुन्छ नै । भारतको विभिन्न स्थानका साथै नेपालीहरु समेत काशी विश्वनाथ महादेवको दर्शन र गंगा स्नानका लागि पुग्ने गर्छन् । तर नेपाल र काशीको सम्बन्ध वर्षौ पुरानो रहेको छ ।
बनारस त्यो भूमि हो जहाँबाट विशेश्वर प्रसाद कोइरालाले नेपाललाई राणा शासणबाट मुक्ति दिलाउने प्रेरणा प्राप्त गरेका थिए । भारतीयहरु इष्ट इण्डिया कम्पनी बिरुद्ध संघर्ष गरिरहँदा बनारसमै रहेर भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएका कोइराला नेपाललाई पनि जहानियाँ राणा शासणबाट मुक्ति दिलाउने प्रेरणा प्राप्त गरेका थिए । यसका साथै १० वर्ष सशस्त्र संघर्ष गरेको माओवादीका कयौँ नेताहरुका लागि पनि यो सुरक्षित आश्रय स्थल बनेको थियो ।
यि सबका अतिरिक्त वर्षौ पुरानो नेपालको विरासत काशीस्थित गंगा घाटमा अहिले पनि ठडिएर रहेको छ । काशीको ८० वटा प्रसिद्ध गंगाघाटहरुमध्ये ललिता घाट अहिले पनि नेपालको पहिचान लिएर गंगाको निर्मल धारको किनारमा अवस्थित छ । ललिता घाटमा रहेको हुबहु राजधानी काठमाडौँ स्थित रहेको पशुपतिनाथ महादेव मन्दिरकै शैलीमा निर्माण गरिएको सम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर यस घाटको रौनकतालाई अन्य घाटभन्दा फरक बनाउँछ । दशाश्वमेध घाट र मणिकर्णिका घाटको बिचमा रहेको ललिता घाटले आफ्नो छुट्टै पहिचान बोकेको छ । यस घाटलाई शुरुमा नेपाली घाट, राजराजेश्वरी घाट भनिँदै अएपनि कलान्तरमा ललिता देवी मन्दिरको नाउँले यस घाटको नाम ललिता घाट पर्न गएको हो ।

यस घाटमा सम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर, ललिता गौरी मन्दिर, गंगा केशव मन्दिर अवस्थित छ । घाटमा अन्य कयौँ मन्दिर रहेपनि नेपाल सरकार र पुरात्व विभागले ध्यान नदिँदा केही मन्दिरहरु कब्जा भई सकेको मन्दिरका पूजारी रोहित कुमार ढकालले बताए ।
यस घाटको निर्माण नेपालका तत्कालिन राजा रणबहादुर शाहले गराउन लगाएका थिए । तत्कालिन राजा रणबहादुर शाह सन्यास लिएर काशीस्थित गंगा घाटमै केही वर्ष साधना गरेको पूजारी ढकालले बताए । उनी सन्यासी जीवन बिताउँदै काशीको गंगाघाटसम्म पुगेका थिए । उनी काशीमा ‘स्वामी निर्गुण’को नामले परिचित छन् । केही वर्षको साधनापछि उनैले सन १८०० देखि सन १८०४सम्म घाट निर्माणका साथै मन्दिर निर्माणको कार्य शुरु गर्न लगाएका थिए । यद्यपि मन्दिर निर्माण जारी रहेकै क्रममा मृत्यु भयो । पछि सो घाटमा मन्दिरहरु तथा धर्मशाला निर्माण कार्य तत्कालिन राजा राजेन्द्र विर विक्रम शाहले पूरा गरेका थिए । उनले सन १८४३मा ती मन्दिरहरुको निर्माण कार्य पूरा गराउन लगाएका थिए ।
मन्दिर निर्माणका लागि नेपालबाटै काठ तथा कारिगर लगिएको थियो । काशीमा रहेको सो पशुपतिनाथ महादेवको मन्दिर काठमाडौँमा रहेको पशुपतिनाथ मन्दिरकै प्रतिकृति रहेको छ ।