Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपालले संगठन निर्माणका क्रममा गरिने गतिविधिको अनुगमन गर्ने





जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको ४ महिने संगठन निर्माण अभियानमा खटाइएका केन्द्रीय सदस्यहरूले पार्टी कार्यक्रम तथा गतिविधिसम्बन्धी प्रचार प्रसारको अनुगमन हुने भएको छ ।
पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीले आधारभूत संगठन निर्माण अभियानमा खटिएका अभियन्ताले पार्टीका कार्यक्रम र गतिविधिहरुको दैनिक रूपमा आफ्नो सामाजिक सञ्जालको खाता वा पेजमा प्रचार प्रसार गरे नगरेको अनुगमन गर्न पार्टी प्रचार प्रसार विभाग, केन्द्रीय अनुगमनकर्ता र सम्बन्धित समितिको मुख्यसचिव वा सचिवलाई तोकेको छ ।
अभियन्ताले सामाजिक सञ्जालमा पोष्ट गर्दा भाषा शैलीमा शुद्धता र शिष्टता अपनाउनु पर्नेछ साथै व्यक्तिगत आरोप प्रत्यारोप, कुनै जाति वा धर्मप्रति लक्षित भई पोष्ट गर्न पाइने छैन ।