

सुजीतकुमार झा
जनकपुरधाम ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ राराब क्याम्पस एकाई समितिका सभापति मुक्तिनाथ साहले राराबका क्याम्पस प्रमुख डा. बसन्त कर्ण प्राध्यापकहरुको माँगलाई नजरअन्दाज गरिरहेको आरोप लगाउनु भएको छ । निर्वतमान क्याम्पस प्रमुख प्रदीपकुमार प्रसाद जेल सजायमा बस्नुपर्ने अवस्था रहेको बेला कागती प्रकृया बढाउने नाउँमा समय बिताउने खेलमा डा. कर्ण लागेको बताउँदै उहाँले भन्नुभयो – एउटा प्राध्यापकले अर्को प्राध्यापकलाई बचाउनुपर्छ त्यो नहुनु राराबमा गलत प्रकृया तर्फ अघि बढि रहेको छ ।
हामी अहिलेपनि बार्ताद्वारा समस्या समाधान चाहन्छौ भोलि १० बजेसम्म उहाँको निर्णयको प्रतिक्षा गरिरहेको छु यदि क्याम्पस प्रमुखले निर्णय दिन सकेनन् भने परीक्षा बाहेकका कामकाज ठप्प पार्छु सभापति साहले अन्तिम चेतावनी दिनु भएको छ ।

विवाद के रहेछ, प्राध्यापक संघ के चाहन्छन्, क्याम्पस प्रमुख किन प्राध्यापक संघसँग कुरो गर्न चाहिरहेको छैन, त्रिभुवन विश्वविद्यालय कस्तो पहल गरिरहेको छ सहित विभिन्न विषयमा मुक्तिनाथ साहसँग Exclusive कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा सुन्न एवं हेर्न सकिन्छ ।
