Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौँमा धुम्म आकाशका कारण एक सातामै २ सय २६ वटा आन्तरिक उडान रद्द





काठमाडौँ  ।

केही दिनयता काठमान्डौको आकाश धुम्म छ । भिजिविलिटी यति धेरै घटेको छ कि दिउँसै रात परेजस्तो अनुभव भइरहेको छ । धुम्म आकाशकै कारण पछिल्लो एक सातामा मात्रै ७ वटा आन्तरिक वायुसेवा कम्पनीका दुईतर्फी २ सय २६ वटा आन्तरिक उडान रद्द भएका छन् । त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, चैत १७ देखी २३ गतेसम्मै उडान रद्दका घटना दोहोरिरहेका छन् ।

मुख्य पर्यटकीय सिजनमै उडानहरु रद्द हुनुको सबैभन्दा धेरै मार भने हवाइ कम्पनीहरुले नै बेहोरिरहेका छन् । किनकी यतिबेला अपरेटरहरुले विदेशी यात्रुहरुबाट नेपालीले तिर्ने भन्दा कम्तीमा दोब्बर रुपैया ‘डलर–फेयर’बाट अम्दानी गर्थे । वायुसेवा संचालकहरुका अनुसार यतिबेला लगातार उडानहरु रद्द हुदा पर्यटकीय गन्तव्य अर्न्तगतका हिमाली तथा पहाडी जिल्लामा ९ लाख र तराईका विमानस्थलमा ११ लाख रुपैया बराबरको आम्दानी गुमाइरहेको वायुसेवा संचालक संघका अध्यक्ष मनोज कार्कीले बताए ।

प्रदुषणयुक्त तुँवालोका कारण पहिले पहाडी तथा हिमाली भेगका विमानस्थलमा मात्रै प्रभावित हुदा उडान रद्द हुन्थे । तर यसपटक सुगम भेगका विमानस्थलहरुमा पनि उडानहरु रद्द भइरहेका छन् । सामान्य अवस्थामा पाइलटले जहाजभित्रबाट आँखाले देख्न सक्ने दुरी (भिजिबिलिटी) ५ हजार मिटर हुदाँ उपकरणहरुको भर नपर्दा पनि हुन्छ ।

वन–डेढेलो, धुलो, धुवाँसहितको प्रदुषणका कारण एक सातामा अधिकाशं पाइलटहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आखाँको सहायताले गर्ने भीएफआर उडान हुन सकिरहेका छैनन । ५ हजार मिटर भन्दा कम भिजिविलिमा उडान ठप्पै हुने त होइन । विमानस्थल वरिपरीको दृश्य सफा नहुदा पाइलटहरुले आँखाले हेरेर मात्रै उडान गर्न नसकेर जहाज र विमानस्थलको सतहमा भएका उपकरण, नेभिगेसन यन्त्रहरुको सहायतामा आईएफआर प्रणाली अपानाउदै उडानहरु गर्नुपरेको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

जहाजहरुको प्रकार तथा गतिका आधारमा उपकरणको सहायताबाट जहाजलाई अवतरण गराउन ककपिटबाट न्यूनतम १६ सय मिटर परसम्म देखिने भिजिविलिटी आवश्यक पर्छ । तर तीन दिनअघि काठमाडौं विमानस्थलको भिजिविलिटी १२ सय मिटरसम्ममा झर्‍यो । यस्का कारण पर्यटक राखेर उडिरहेका तीनवटा माउन्टेन फ्लाइट काठमाडौं विमानस्थलमा अवतरण हुन सकेनन । प्रवक्ता शेर्पाका अनुसार, ती विमान भैरहवा र पोखरामा अवतरण भए । पछी मौशममा सुधार आएपछी काठमाडौं फर्किए ।

‘अघिल्ला वर्षहरुमा प्रदुषण मिसिएको तुवाँलोका कारण उडानहरु रद्द नभएका होइनन तर यसपटक प्रदुषणका कारण लगालग उडानमा असर पार्‍यो,’ वायुसेवा संचालक संघका अध्यक्ष मनोज कार्कीले कान्तिपुरसंग भने,‘यस्तो साताव्यापी असर यसअघि वायुसेवाहरुले पहिले भोगेको अनुभव छैन । तुवालो लागिहाले पनि पानी परिहाल्थ्यो । तर योपटक वायुसेवा कम्पनीहरुलाई प्रत्यक्ष मार पर्‍यो ।’