Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षकहरूको आन्दोलनले एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित





काठमाडौँ ।
शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणको काम प्रभावित हुने भएको छ । शिक्षकहरू चैत २० गतेदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलनमा छन् । उनीहरूले एसईई लगायत कुनै पनि परीक्षाका उत्तरपुस्तिका परीक्षण नगर्ने जनाएका छन् । जसले गर्दा एसइईको उत्तरपुस्तिका परीक्षणको काम प्रभावित हुने देखिएको हो ।
यो सातादेखि नै उत्तरपुस्तिका परीक्षणको काम अघि बढाउनुपर्ने हुन्छ । तर, नेपाल शिक्षक महासङ्घले भोलीबाट शैक्षिक हड्तालको घोषणा गरेको छ । उक्त समयमा कुनै प्रकारका उत्तरपुस्तिका परीक्षण नगर्ने, नतिजा प्रकाशन नगर्ने, तालिम गोष्ठीमा सहभागी नहुने, सेमिनार, शैक्षिक भ्रमण जस्ता कार्यक्रममा सहभागी नहुने जनाएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो साताबाट कापी परीक्षणको काम नथालिए नतिजा प्रकाशन प्रभावित हुने बताए । ‘शिक्षकहरूले नै हो कापी परीक्षण गर्ने । उहाँहरू आन्दोलनमा हुनुहुन्छ । अहिले हामीले आन्तरिक काम गरिरहेका छौँ । भोली अफिस खुलेपछि छलफल गर्छौ,’ अध्यक्ष शर्माले भने ।
बोर्डले असार ७ गते एसइईको नतिजा प्रकाशन गर्ने कार्यतालिका छ । शिक्षकहरूको आन्दोलनका कारण उक्त मितिमा नतिजा प्रकाशन गर्न समस्या हुने उनको भनाइ छ ।
पाँच लाख विद्यार्थीका ३५ लाख थान उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि शिक्षकहरूलाई परीक्षणको जिम्मेवारी दिइन्छ । तर, महासङ्घले उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेको हो ।