Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

थाक्सिनकी ३७ वर्षीया छोरी थाइल्यान्डको प्रधानमन्त्री बन्दै





एजेन्सी ।
थाइल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान सिनावात्रा प्रधानमन्त्री बन्ने भएकी छन् । उनी ३७ वर्षकी छन् ।
उनको फेउ थाइ पार्टीले प्रधानमन्त्रीको उम्मेदवारमा सिनावात्रालाई छनोट गरेको हो । यसअघि संवैधानिक अदालतले त्यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरिदिएको थियो ।
‘हामीले पेतोङत्रान सिनावात्रालाई मनोनयन गर्ने निर्णय लिएका छौँ,’ सो पार्टीका महासचिव सोरावङ थिएन्थोङले ब्यांककमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने ।
सांसदहरुले शुक्रबार नयाँ प्रधानमन्त्री चुन्नेछन्। फेउ थाइ पार्टी सत्तारुढ गठबन्धनको अगुवा हो ।
बुधबार संवैधानिक अदालतले प्रधानमन्त्री श्रेत्था थाभिसिनले जेल परेका व्यक्तिलाई प्रधानमन्त्री बनाएर संविधान उल्लंघन गरेको भन्दै उनलाई पदच्युत गरिदिएको थियो ।
उनी एक वर्ष पनि पदमा रहन पाएका थिएनन् ।
थाइल्यान्डमा दुई दशकयता राजनीतिक स्थिरता कायम हुन सकेको छैन । कू, आन्दोलन र अदालतको आदेशमा बारम्बार सरकार ढल्ने गरेका छन् ।