Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरकारले बोलाएको वार्तामा फेरी शिक्षकहरु नजाने अडानमा





काठमाडौ ।
शिक्षक महासंघले यथास्थितिमा सरकारले बोलाएको वार्तामा नजाने अडान दोहराएको छ । बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले शुक्रबार वार्तामा आउन शिक्षक महासंघलाई भनेको थियो ।
तर, महासंघ वार्तामा गएन । शुक्रबार सरकारी टोली शिक्षकलाई कुरेर सिंहदरबारमा बसेको थियो । शिक्षक महासंघ नगएपछि दोस्रो पटक सरकारले वार्तामा बोलाएको हो । ‘हामी फेरि वार्तामा जादैनौ । वार्ताले समाधान दिँदैन । समाधान नदिने वार्तामा जानु भनेको समय नष्ट गर्नु हो । मन्त्री, प्रमुख सचेतकलगायतलाई वार्तामा दिने समय सिन निर्माणमा दिनुहोस् भनेका छौं’, महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।
अध्यक्ष सुवेदीले समाधानका लागि तीन विकल्प देखाए । ‘सरकारले अध्यादेशबाट निकास दिन सक्छ् । अर्को बर्खे अधिवेशन तत्काल बोलाएर प्रक्रिया अगाडि बढाउन सक्छ । विशेष अधिवेशन पनि आह्वान गरेर ऐन जारी गर्न सक्छ’, अध्यक्ष सुवेदीले भने, ‘यसपटक परिणाम नलिइ नफर्किने हो । सदन बोलाउन लगाएर भए पनि ऐन लिएर फर्किने हो ।’
ऐन बन्ने स्थिति भएमा ऐनभित्रको विषयवस्तुमा छलफल गर्न भने सकिने उनले बताए । २०८० असोज ५ मा सहमति भइसकेकाले फेरि वार्ताको औचित्य नरहेको महासंघको निष्कर्ष छ । सहमति कार्यान्वयन नभएको भन्दै विगत २ महिनादेखि महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । जसअन्तर्गत २० चैतदेखि देशभरका शिक्षक काठमाडौ आएका छन् । काठमाडौमा दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।