Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरकारले शिक्षकहरूलाई फेरि बोलायो वार्तामा





काठमाडौं ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शनरत शिक्षकहरू सरकारले बोलाएको वार्तामा सहभागी नभएपछि सरकारले वार्ताका लागि पुनः आह्वान गरेको छ ।
शुक्रबार सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिहरु वार्तामा सहभागी भएनन् । कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्षमा करिब डेढ घण्टासम्म पर्खिंदा पनि शिक्षकका प्रतिनिधिहरू नगएपछि सरकारले पुनः वार्ताका लागि आह्वान गर्ने निर्णय गरेर बैठक टुंग्याएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।
शिक्षकहरूले विद्यालय शिक्षा विधेयक छिटो ल्याउनका लागि सरकारलाई ध्यानाकर्षण गर्न सडकमा रहेको र सरकारले पनि आवश्यक गम्भीरताका साथ वार्ता गर्न बोलाउँदा शिक्षक प्रतिनिधिहरू नआएको बताइन् ।
‘सरकार लचिलो छ । सरकारले शिक्षकका मागहरुलाई कतै पनि दृढताका साथ सम्बोधन गरेर अघि बढ्नेछ । आज आमन्त्रण गरिएको त्यसमा सिंगो सरकारले आह्वान गरेको छ,’ उनले भनिन्, ‘औपचारिक खबर आएन । हामीले डेढ घण्टा पर्खियौँ । उहाँहरू नआउनु भएपछि फेरि संवादका लागि आमन्त्रण गर्नेगरी आजको बैठक स्थगित गरेका छौँ ।’
सरकारले शिक्षकका मागहरुलाई दृढताका साथ सम्बोधन गरेर अघि बढ्ने उनको प्रतिवद्धता छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले केही दिनदेखि आन्दोलन गर्दै आइरहेका छन् । बिहीवार साँझ पनि सरकारसँग शिक्षकहरुको वार्ता भएको थियो ।
शुक्रबार ३ बजे बस्नेगरी स्थगित भएको बिहीबारको बैठक आज भने बस्न सकेन । सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै पुनः बैठकका लागि आह्वान गरेको छ ।