

जनकपुरधाम ।
रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधामका क्याम्पस प्रमुख प्रा. डा.बसन्त कर्णलाई कालोमोसो दलिएको छ । डा. कर्ण साइन्स ब्लगमा गएको बेला दूईजना युवाहरुले आज दिउँसो ४ बजेर १० मिनेटको बेला कालोमोसो दलेको क्याम्पसका कर्मचारीहरुले बताएका छन् ।
सो घटनाको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले पुष्टि गरेका छन् । उहाँले कसले कालोमोसो दलेको प्रहरी अनुसन्धान गरिरहेको बताउनुभयो । कालोमोसो दलेर भागेकाले त्यसको प्रहरीले खोजीका लागि सीसी क्यामराहरुको फुटेजहरु खोजी गरिरहेको छ ।
क्याम्पस प्रमुख डा.कर्णलाई कालोमोसो दलेपछि क्याम्पसका कर्मचारी रासबिहारीले घरबाट अर्को कपडा ल्याइ प्रमुखको कपडा बदलाएका छन् ।
राराबमा यसअघि प्रा. डा. विजयलाल कर्ण क्याम्पस प्रमुख भएको बेला कालोमोसो दलिएको थियो ।

