Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मूर्ख दिवसको चर्चा





सुजीतकुमार झा ।
आज बिहानै देखि एकले अर्कालाई ठग्दै थिए । कतिलाई आजै मूर्ख दिवस हो स्मरणै थिएन याद आएपछि निकैबेर हाँसेका थिए । यो अवस्था जनकपुरधामको मात्रै नभई देशभरीकै थियो ।
आज नेपालमा मात्र नभइ संसारभरका मानिसहरूले अरुलाई फूल अर्थात् ’मूर्ख’ बनाउँछन् । पहिले यो दिवस फ्रान्स र अन्य युरोपेली देशहरूमा मनाइने गरिए पनि बिस्तारै अन्य देशहरूले पनि यो दिवस मनाउन थाले । यो दिन एकअर्कासँग रमाइलो गरेर मनाइन्छ । सबैले एक अर्कालाई मूर्ख बनाउन बहाना खोज्छन् । यस दिन केही व्यक्तिहरूले फोनमा म्यासेज र ठट्टाहरू मार्फत वेबकूफ बनाउँछन् । शिक्षण पेशासँग आबद्ध गुडु झा भन्नुहुन्छ – मैले त समाजिक सञ्जालमा पूर्व राजा ज्ञानेन्द्र आजै राजगद्दीमा बिराजमान हुने जानकारी आएको छ !! लेखेपछि त धेरैले आश्चर्यमा परेका थिए ।
जसलाई मूर्ख दिवसको बारेमा थाहा थिएन उसले झुकेका थिए । ‘आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन, यही नै यस दिनको विशेषता हो,’ गुडु बताउनुहुन्छ ।
किम्वदन्तीअनुसार प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यों । १५८२ मा पोप ग्रेगोरी तेह्रौले १ जनवरीलाई नयाँ वर्ष मान्नेगरी नयाँ क्यालेन्डर जारी गरे । रोमका कतिपय मानिसले यस नयाँ क्यालेन्डर अपनाए । तर कतिपयलाई नयाँ वर्ष परिवर्तन भएको थाहै भएन र उनीहरु १ अप्रिललाई नै नयाँ वर्ष मनाउथ्यें । त्यसैले यस्ता मानिसलाई मुर्ख सम्झिएर अन्यले मजाक उडाए ।

एक किम्वदन्तीले १३९२ बाटै मानिसलाई १ अप्रिलमा मुर्ख बनाउन थालिएको थियो भन्छ, यस दाबीअनुसार ‘नन्स प्रिन्स टेल’ कथामा कथाकार जियोफ्रे काउस्सरले मार्चको ३० र थप २ दिन भनेर ३२ मार्चको संकेत गरेका छन्, यसलाई कतिले १ अप्रिल भनेर अथ्र्याएका छन् र यतिबेला पनि झुक्याउने खेल हुन्थ्यों भनेका छन् । यद्यपी, १ अप्रिल कहीं उल्लेख छैन । केही रिर्पोटका अनुसार १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए । अर्को एक दाबीअनुसार १५३९ कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मुर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किम्वदन्ती प्रचलनमा छन् ।
१९१५ मा जर्मनीको लिले हवाई अड्डामा ब्रिटिस पाइलटले बमजस्तै वस्तु फ्याँकेको विषय अप्रिल फुलको वर्णन गर्दा सधैं चर्चामा आउँछ । यसलाई देखेर मानिसहरुबीच भागदौड नै मच्चियो, त्रस्त मानिसहरु लामो समय लुके । तर बम नपड्किएपछि उनीहरु फर्किएर आए । त्यहाँ बम होइन, एउटा फुटबल फ्याँकिएको रहेछ, जहाँ लेखिएको थियो – अप्रिल फुल । प्रायः मानिसको धारणा मुर्ख दिवसको जन्म स्थान फ्रान्स हो भन्ने रहेको छ ।
केही इतिहासकारहरूको अनुमान छ कि अप्रिल फूल दिवस १५ सय ८२ को हो, जब फ्रान्सले जुलियन क्यालेन्डरबाट ग्रेगोरियन क्यालेन्डरमा परिवर्तन ग–यो, जसलाई १५ सय ६३ मा काउन्सिल अफ ट्रेन्टले आह्वान गरेको थियो । जुलियन क्यालेन्डरमा, हिन्दू पात्रोमा जस्तै, नयाँ वर्ष । ’अप्रिल १’ वरिपरी वसन्तको साथ सुरु भयो ।
समाचार प्राप्त गर्न ढिलो भएका वा नयाँ वर्षको शुरुवात जनवरी १ मा सरेको र मार्चको अन्तिम सातादेखि अप्रिल १ सम्म यसलाई मनाउन जारी राखेका व्यक्तिहरू ठट्टा र ठट्टाको बट बने र अप्रिल अर्थात (मूर्खहरू) भनिन थालियो । यी ठट्टाहरूमा कागजी माछाहरू तिनीहरूको पीठमा राखिएको र पोइसन डीएभ्रिल (अप्रिल माछा) भनेर चिनिएको समावेश थियो, जसलाई जवान, सजिलै समात्ने माछा र एक मूर्ख व्यक्तिको प्रतिक भनिन्छ ।
अप्रिल एक तारिखका दिनमा आफ्ना छिमेकी साथी, दाजुभाइहरूसँग बडो बिचित्र प्रकारको ठठ्ठा हाँसो मात्र होइन मुर्खतापूर्ण र झुक्याउने कार्य समेत गरिन्छ । सोह्रौं शताब्दीमा यो दिवस पर्वको रूपमा मनाउन थालियो। यस दिनमा प्रत्येक घरमा एक दिनका लागि मालिक र नोकरको पद साटा–साट गरिन्थ्यो। त्यस दिन मालिकले नोकरको सबै काम गर्नुपथ्र्यो र नोकरले मालिक झैं हुकुम चलाई बस्नुपथ्र्यो । उक्त दिन मालिकको धेरै पैसा खर्च हुने गर्दथ्यो । सत्रौं शताब्दीको प्रारम्भमा कयौं देशमा पहिलो अप्रिलको दिन हाँस्य व्यंग्यात्मक नाटक देखाइन्थ्यो । यसैअनुरूप अमेरिकामा पनि नयाँ वर्ष झैं मुर्ख दिवसको दिन पनि शुभकामना कार्ड पठाउन थालियो ।
‘कोही व्यक्तिलाई पनि हानिनोक्सानी नहुने गरी स्वच्छ वातावरणमा मर्यादापूर्वक तरिकाले मनोरञ्जनका लागि अप्रिल फस्ट अथवा मुर्ख दिवस मनाउनुपर्छ,’ शिक्षक गुडु भन्नुहुन्छ ।
कसैको काम विगार्ने शैलीमा होइन कि मजा लिन यस्तो कार्य गर्ने प्रचलन झन् बढ्दो रूपमा भइरहेको पाइन्छ । यस दिन ती व्यक्ति पनि झन् चनाखो बन्ने गरेको पाइन्छ । यसरी नै विश्वभरी क्रमिक रूपमा मुर्ख दिवस मनाउने परम्परा बस्न थाल्यो । रोममा यो पर्वलाई “हिलारिया” पर्वका रूपमा मनाइन्छ । यस दिन दिनभरि हाँस्ने र हँसाउने कार्य गरिन्छ जस्लाई “रोमन लाफिङ” संज्ञा दिइन्छ । यसरी विभिन्न प्रकारले मुर्ख, हाँसो, आदिका रूपमा यो दिवस मनाइने गरिन्छ।
यस दिवसको सन्दर्भमा साधारण हाँसो र ढाँट्ने क्रममा धेरैले असाधारण घटनाको सामना गर्नुपरेको समाचार पनि सुन्नमा नआएको होइन। त्यसकारण कुनै पनि दिवसलाई सहीरूपमा मनाइन सकियो भने मात्र त्यस पर्व मनाएको मज्जा या चलन चल्ती हो भन्न सकिन्छ नत्र भने विकृतिको उपहास मात्र हुन जान्छ । त्यसैले पर्व, दिवस मनाउँदा त्यसैको मौलिकताको अनुशरण गर्नु सबैको कल्याकारी हुन जाने हुन्छ ।
तसर्थ कसैको क्षणिक मनोरञ्जनका लागि कसैलाई आधात पर्न पनि सक्छ, त्यसकारण कसैलाई पनि असाधारण पीडा नदिई स्वच्छ र रमाइलो तरिकाले सामूहिक हाँसोको सिलसिलामा यसलाई मनाउनुपर्छ । चाडपर्व र दिवसहरू लोकसंस्कृतिका धरोहर आधार हुन् । त्यसैले कोही व्यक्तिलाई पनि हानिनोक्सानी नहुने गरी स्वच्छ वातावरणमा मर्यादापूर्वक तरिकाले मनोरञ्जनका लागि अप्रिल फस्ट अथवा मुर्ख दिवस मनाउनुपर्छ र यस दिवसमा कसैको मर्यादालाई आँच या अतिक्रमण गर्नुहुँदैन र यो पर्व हाँसीहाँसी खुसीका साथ आ–आफ्ना दौतरीबीच रमाई–रमाई मनाउनुपर्छ । यो नै कुनै पनि संस्कृतिको आफ्नो मौलिकता झल्किने हुन्छ । यसर्थ यसलाई नै शिष्ट र मर्यादापूर्वकको समाजको उदाहरण मान्न सकिन्छ ।