Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइपीएलमा मुम्बईको पहिलो जीत





एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै मुम्बईले पहिलो जित दर्ता गरेको हो ।
कोलकाताले दिएको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईका लागि ओपनर रायन रिकेल्टनले अविजित ६२ रन बनाए । ४१ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे ।
त्यस्तै सुर्यकुमार यादवले ९ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए । भने विल ज्याक्सले १६ रन बनाउँदा रोहित शर्मा १३ रनमै पेभेलियन फर्किए ।
कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट लिए । २.५ ओभर बलिङ गरेका रसेलले ३५ रन खर्चिए ।
त्यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमा अलआउछ हुनुअघि ११६ रन बनायो । उसका लागि अंकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए । त्यस्तै मनदीप सिंहले २२ रन, मनिष पाण्डेले १९ रन बनाउँदा रिंकु सिंह १७ रनमा आउट भए ।
मुम्बईका अश्वनी कुमारले चार विकेट लिए । यो अश्वनीको डेब्यू खेल थियो । उनले डेब्यू खेलमा नै शानदार प्रदर्शन गर्दै तीन ओभरमा ८ रन खर्चिर चार विकेट लिए । त्यस्तै दीपक चहरले दुई तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले एकएक विकेट लिए ।