

जनकपुरधाम ।
राजर्षि जनक क्याम्पसद्वारा आयोजित टी–२० क्रिकेट प्रतियोगिताको उपाधी राराब क्याम्पसको टीम जित्न सफल भएको छ । फाइनल खेलमा मोनाष्टिकलाई पराजित गर्दै राराबले उपाधी चुम्न सफल भएको हो । मोनाष्टिकले दिएको ८० रनको लक्ष्य राराबले सहजै पूरा गरेको थियो ।
प्रतियोगिता समापन समारोहमा विभिन्न खेल पदाधिकारी, शिक्षक, विद्यार्थी तथा क्रिकेटप्रेमीहरूको उपस्थिति रहेको थियो । आयोजक राजर्षि जनक क्याम्पसका संचालक सञ्जीव ठाकुरले खेलकुदले विद्यार्थीहरूबीच टीम वर्क, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उल्लेख गर्दै सहभागी सम्पूर्ण खेलाडीहरूको प्रशंसा गरे ।
उनले भने, “स्थानीय स्तरमा खेलकुदको प्रवद्र्धन र क्रिकेट खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरू आवश्यक छन् । राजर्षि जनक क्याम्पसले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनेछ ।“
