Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भिडियो खिच्दाखिच्दै भवनसँगै जले पत्रकार सुरेश





काठमाडौ ।

मूल घर ताहाचल भई हाल चन्द्रागिरिमा बस्दै आएका ३३ वर्षीय सुरेश रजक एभिन्युज टीभीको क्यामेरा तथा भिडियो विभागतर्फका प्रमुख थिए । १० वर्षदेखि एभिन्युजमा कार्यरत उनी मुख्य घटना तथा राजनीतिक गतिविधिमा आफैं भिडियो खिच्न खटिन्थे ।

एभिन्युजका सम्पादक सुशील पाण्डेका अनुसार राजावादीको आन्दोलनबारे ‘फिल्ड रिपोर्टिङ’ गर्न शुक्रबार पारस श्रेष्ठ र अनिल रायमाझीसँगै क्यामेरा पर्सन सुरेश तीनकुने खटिएका थिए । सुरेशले त्यहाँका गतिविधिको लाइभ भिडियो खिचिरहेका थिए । यसै क्रममा मार्बल हाउस रहेको भवन नजिक हुलदंगा सुरु भयो । सुरेश ‘एक्सक्लुसिभ फुटेज’ खिच्न भवनभित्र पसे । त्यसको केही बेरमा भवनमा आगो दन्कियो । त्यसपछि अश्रुग्यास प्रहार भयो । सञ्चारकर्मी, आन्दोलनकारी तितरबितर भए । भवनभित्र गएका सुरेश सम्पर्कविहीन भए ।

एभिन्युज टीभीकै रिपोर्टरहरूले उनी कतै अश्रुग्यास छल्दै लुकेका होलान् भन्ने ठाने । तर सुरेश लामो समयसम्म पनि फर्केनन् । उनीहरूले त्यो खबर महाराजगन्जस्थित टीभीको न्युज रुममा टिपाए । सुरेशको खोजी हुन थाल्यो ।

एभिन्युजका सञ्चालक भाष्करराज राजकर्णिकारले चार पटक नेपाल प्रहरीका आईजीपी दीपक थापालाई खोजीका लागि अनुरोध गर्न फोन गरे । सशस्त्र प्रहरीका प्रमुख राजु अर्याललाई पनि क्यामेरा पर्सन सुरेश हराएको खबर गरे । ‘पटक–पटक दुवै आईजीपीलाई फोन गरें । काठमाडौंका सीडीओले फोन काटे । एसएमएस गरें तर रेस्पोन्स नै गरेनन् । राज्यविहीनताको महसुस भयो,’ राजकर्णिकारले भने । जब भवनको आगो नियन्त्रणमा आयो, एभिन्युजका प्रधानसम्पादक केदार कोइराला, सम्पादक पाण्डेलगायत आगलागी भएको भवनमा उक्लिए । चौथो तलाको एउटा कोठाभित्र सुरेशको शव भेटियो । ‘घुँडामाथि सबै जलेको थियो । क्यामेरा पनि जलेको थियो,’ सम्पादक पाण्डेले भने, ‘क्यामेराको एसडी कार्ड फेला पार्‍यौं ।’ बेलुकीपख सुरेशको शव प्रहरीले मुचुल्का उठाई परिवारजन र एभिन्युज व्यवस्थापनलाई बुझायो । शव पोस्टमार्टमका लागि उनीहरूले शिक्षण अस्पताल लगे । सहकर्मी गुमाएको पीडाले उनीहरू भावविह्वल थिए ।