Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरी नायब निरीक्षक खड्का घुससहित पक्राउ





बुटवल ।

प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्का घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार उनलाई ३० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो।

सइ खड्काले भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको दाबी छ।

आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले खड्कालाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं–६ अन्तर्गतबाट आज नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।