Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टिकटक बेच्नलाई चिनमाथि ट्रम्पको दवाब, भन्सार शुल्कमा राहत दिने अफर





एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको बिक्रीका लागि चीनलाई एक प्रस्ताव राखेका छन् । बीबीसीका अनुसार ट्रम्पले टिकटक बिक्री प्रक्रिया सुनिश्चित गरे अमेरिकाले चीनमाथि लगाइएको भन्सार शुल्क घटाउन तयार रहेको बताएका छन् । टिकटक चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको एप हो ।
ट्रम्पले टिकटक खरिद गर्ने कुनै गैर–चिनियाँ खरिदकर्तालाई खोज्न ५ अप्रिलको समयसीमा लम्ब्याउन आफू तयार रहेको पनि बताएका छन् ।
यसअघि पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत टिकटकमा प्रतिबन्ध लगाउने एक कानुन पारित भएको थियो। तर, ट्रम्पले सत्ता सम्हालेपछि जनवरीमा उक्त कानुन लागू गर्न ढिलाइ गरिएको थियो ।
यो कानुन सन् २०२४ मा पारित भएको थियो । राष्ट्रिय सुरक्षालाई आधार मानेर टिकटकलाई बेच्ने वा यसमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो ।
बुधबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘टिकटकको विषयमा चीनले भूमिका निभाउनुपर्छ । मलाई लाग्छ, उनीहरूले त्यसो गर्नेछन् ।’ उनले अगाडि थपे, ‘यो काम सफल बनाउनका लागि म ट्यारिफमा केही कटौती गर्न सक्छु, वा अरू केही कदम चाल्न सक्छु ।’
ट्रम्पले ५ अप्रिलको समयसीमाभित्र यो मुद्दामा सहमतिको ढाँचा तयार हुने विश्वास पनि व्यक्त गरेका छन् ।