

गर्मीको समयमा अनेक स्वास्थ्य समस्याहरू देखिन्छन् । ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने जस्ता समस्या त सामान्य नै हुन् । कसै कसैलाई भने आँखा रातो हुने समस्याले सताउँछ ।
गर्मीमा आँखा यसरी रातो किन हुन्छ ? चर्को घाम, घुलो माटोलगायत अन्य कयौँ कारणले गर्दा गर्मीको मौसममा आँखा रातो हुने गरेको विज्ञहरू बताउँछन् । कतिपय अवस्थामा आँखा बिझाउने वा पोल्ने समस्या पनि आउँछ ।
आँखाको रातोपन र पोल्ने समस्या कम गर्न आइस प्याकले आँखा सेक्न सकिन्छ । यसका लागि हलुकासँग आइस प्याकलाई आँखामाथि केही मिनेटसम्म राख्नु पर्छ । यस्तो गर्दा आँखालाई शीतल हुन्छ । आँखामा आइस प्याक लगाउनु अघि हात राम्ररी सफा गर्न भने नभुल्नुहोला ।
शरीरमा पानीको कमीका कारण पनि गर्मीमा आँखा सुख्खा भएर रातो हुने पोल्ने समस्या देखिन सक्छ । शरीरलाई सुख्खा हुन नदिन दिनभरि पर्याप्त मात्रामा पानी पिउनुहोस् । पानीले शरीरमा भएको सङ्क्रमणहरूलाई पनि बाहिर निकाल्ने विज्ञहरू बताउँछन् ।
काँक्राको स्लाइस– काँक्राको टुक्रा आँखा पोल्ने चिलाउने वा सुन्निे समस्याका लागि उत्कृष्ट उपाय हो। काँक्रोको दुई टुक्रा काट्नुहोस् र १५ मिनेटको लागि चिसो पानीमा राख्नुहोस्। त्यसपछि आफ्नो आँखा बन्द गरेर चिसो काँक्राको टुक्रा राख्नुहोस्।
चिया झोला– चियामा ट्यानिक एसिड हुन्छ जसले आँखालाई शान्त पार्न मद्दत गर्छ। एक कप चिया तयार गर्न हरियो वा कालो चिया झोला प्रयोग गर्नुहोस्। त्यसपछि चिया झोला पूर्ण रूपमा चिसो हुन दिनुहोस्। चिसो चियाको झोला आँखामा एक एक गरेर राखेर जलनबाट राहत पाउन।
चिसो चम्चा– आँखा वरिपरि चिसो धातुको चम्चा राख्दा आराम मिल्छ। एक गिलास बरफको पानीमा चार धातु चम्चा राख्नुहोस्। चिसो भएपछि दुवै आँखामा एउटा एउटा चम्चा राख्नुहोस्। चम्चाहरू न्यानो हुन थालेपछि, तिनीहरूलाई बरफको गिलासमा रहेको चम्चाले बदल्नुहोस्।
गर्मीको मौसममा आँखाको सङ्क्रमणबाट बच्नका लागि घर बाहिर जाने बेलामा यूभी प्रोटेक्शन भएको चस्मा लगाउनुहोस् । यसले गर्मी र धुलो दुबैबाट आँखालाई जोगाउँछ ।
गर्मीमा शरीरमा खुबै पसिना आउँछ । कहिलेकाहीँ पसिना बगेर आँखामा पस्दा पनि पोल्ने र इन्फेक्सन हुने जस्ता समस्या देखिन सक्छ । त्यसैले बाहिरबाट घर छिर्ने बित्तिकै वा दिनभरमा ३/४ पटक आँखालाई सफा अनि चिसो पानीले धुनुहोस् ।
