Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपालले चार महिने अभियान चलाउने, ५ लाख कृयाशिल सदस्य पुर्याउने लक्ष्य





जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सुदृढीकरणका लागि चार महिने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि पार्टीले कार्यकारिणी सदस्यबाहेक सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिएको छ ।
अभियानबाट २०८४ सालसम्म पाँच लाख क्रियाशील सदस्य बनाउने लक्ष्य पार्टीले लिएको छ । अहिले जसपा नेपालका एक लाख ४५ हजार क्रियाशील सदस्य छन् । एक जना केन्द्रीय सदस्यलाई कम्तीमा एउटा र बढीमा तीन वटासम्म पालिकाको जिम्मेवारी दिइएको हो ।
हिमाल तथा पहाडी जिल्लाका केही केन्द्रीय सदस्यलाई सम्पूर्ण जिल्लाको पनि जिम्मेवारी दिएको छ । जसपा नेपालको २ सय १५ सदस्यीय केन्द्रीय समितिमा नौ जना कार्यकारिणी सदस्य छन् ।
चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा यो चार महिने अभियान सञ्चालन हुने प्रस्ताव गरिएको छ । सो प्रस्तावमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट पनि गरिएको छ ।
आज सो प्रस्तावमाथि छलफल गरेर टुङ्गो लगाउने कार्यकारिणी सदस्य मनिष सुमनले बताए । यो अभियान भदौ १ गतेदेखि सञ्चालन हुनेछ । भदौ १ गतदेखि नै अभियान सञ्चालन हुने भए पनि सो अभियानलाई भदौ ८ काठमाडौँमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेता सुमनले बताए ।
अभियानको क्रममा संगठन गठन तथा पुनर्गठन गर्नुका साथै नयाँ सदस्य बनाउने काम हुने उनले बताए । जनतालाई जसपा नेपालप्रति आकर्षित गराउने, जनतासँग घुलमिल हुने जस्ता कार्य चार महिनाको अवधिमा हुने उनको भनाई छ ।