Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले जलाए चौकी र गाडी





नेपालगञ्ज ।

बाँकेको डुडुवा गाउँपालिका–२, वेतहनीमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ।

विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।

वेतहनीको नौरीगौडी एकेडेमीमा एलकेजीमा अध्ययनरत बालक विशाल गोडिया र शिवकुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको एसपी कार्कीले बताए।

घटनापछि बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले ट्यांकर र वेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन्। आगजनीबाट प्रहरी चौकीको केही भाग र ग्यारेज पूर्णरूपमा जलेको छ।

ठक्कर दिने ट्यांकर पनि स्थानीयले जलाइदिएका छन्। ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेर चौकीमा लगेपछि स्थानीयले चौकीमै आक्रमण गरेका हुन्। प्रहरीले ट्यांकर चालकलाई जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको छ।

आक्रोशित स्थानीयलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र केही राउन्ड हवाई फायरसमेत गरेको छ। केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

दुवै बालकको शव घटनास्थलमै छ। आफन्तले बुझ्न मानेका छैनन्। प्रदर्शन जारी छ।