Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्थानीय सेवा ऐनका कारण स्तरबृद्धि रोकिएको भन्दै मधेसका सिनियर अहेव तथा अनमी आन्दोलित





जनकपुरधाम ।
मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरु स्थानीय सेवा ऐनमा रहेको त्रुटीका कारण आफूहरुको स्तरबृद्धि रोकिएको भन्दै आन्दोलित भएका छन् ।
स्थानीय सेवा ऐन २०८१मा राखिएको प्रावधानका कारण आफूहरुको स्तरबृद्धि रोकिएकाले आफूहरुलाई आन्दोलित हुनुपरेको सिनिर अहेव तथा अनमी संघर्ष समितिका संयोजक मोहन साहले बताए । उनले स्वास्थ्य सेवा ऐन २०५३को संघिय ऐनमा रहेको शुरु नियुक्तिदेखि कम्तीमा दूई तहको स्तरबृद्धिको सामान्य सिद्धान्तलाई समेत प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनले तोडेको आरोप लगाए ।
मधेश प्रदेशको ‘स्थानीय सेवा ऐन, २०८१’ अनुसार तह मिलान र स्तर वृद्धिको व्यवस्था भए पनि संघीय र प्रदेशस्तरका निकायहरूले स्पष्ट निर्देशन नदिँदा अन्योलता बढेको उनले बताए ।
संघीय स्वास्थ्य सेवा ऐन २०५३को मर्मविपरीत हुने गरी, अन्य बाँकी ६ वटै प्रदेशमा नभएको व्यवस्था स्वास्थ्यकार्मीहरूको मनोबल कमजोर पार्ने अन्यायपूर्ण, विभेदकारी संसोधन प्रस्ताव तत्काल फिर्ता नलिएमा थप आन्दोलित हुने चेतावनी उनले दिए ।
संघर्ष समितिका संयोजक साहका अनुसार स्थानीय सेवा ऐनमा सिनियर अहेव तथा अनमीहरुको हकमा बढुवा पछि मात्रै स्तरबृद्धिको व्यवस्था राखेर अन्याय गरिएको बताए । उनले यसकालागि पटक पटक विभिन्न निकायमा गएर ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको गुनासो पोखे ।
मधेस प्रदेशको १ सय ३६ वटै पालिकामा कार्यरत अहेव तथा अनमीमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो माग पूरा गराउन दवाब स्वरुप मधेसको मुख्यमन्त्री, प्रदेशसभाका सभामुख तथा जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र समेत बुझाएका छन् ।