Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहा वनको कारवाही, गोलबजारको गागन नदीबाट अबैद्य रुपमा ढुंगा उठाइरहेका ट्रेक्टर नियन्त्रणमा





सिरहा ।

सिरहाको गोलवजार स्थित गागन नदी प्रणालीवाट अबैद्य रुपमा ढुंगा उठाइरहेको बेला वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । वनका टोली रातीमा गस्ती गरिरहेको बेला नदीमा प्रदेश २–०१–००१त ०४०६ नम्बरको सो ट्रेक्टर फेला पारेको डिभिजन वन कार्यालय सिरहाका डिएफओ सुजीतकुमार झाले जानकारी दिएका छन् । गएराती साढे ११ बजे सो ट्रेक्टर नियन्त्रणमा लिएको छ । बिनापूर्जीको नदीबाट नदीजन्य पदार्थ संकलन गर्नु कानूनी रुपले बन्द रहेको छ ।
वन अधिकृत मो. आबिद हुसैन, एएफजी जमदार रामऔतार ठाकुर, हबल्दार कामानन्द मण्डल, सिपाही किशोरी यादव, हलुका सवारी चालक मुकेश कुमार मण्डलको टोलीले सो ट्रेक्टर नियन्त्रणमा लिएको छ ।