Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डा. प्रमोदकुमार यादव गेटा अस्पतालको निर्देशक नियुक्त





काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीको गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।
केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको हो । यसअघिका निर्देशकले राजीनामा गरेपछि रिक्त पदमा नियुक्त यादव चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १०औँ तहमा कार्यरत छन् ।
यसअघि डा. यादवले जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।