Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहाको दुई क्याम्पसमा नेवि संघ विजयी





जनकपुरधाम ।
सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको स्ववियुमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै विजयी भएको छ ।
सभापतिमा नेविसंघका पृथ्वी कुमार यादव विजयी भएका हुन् । उनले १ सय ७८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी संयुक्त विद्यार्थी मोर्चाका सभापति उम्मेदवार विवेक कुमार मण्डलले १ सय १० मत मात्र पाए । सचिवमा रमेश कुमार यादव र कोषाध्यक्षमा राम यादव निर्वाचित भएका छन् । उनी दुबैजना नेविसंघकै छन् ।
सदस्यहरूमा नेविसंघकै उपेन्द्र कुमार गुप्ता, राधिका कुमारी मण्डल, कञ्चन पासवान, आरती कुमारी मण्डल, अजिता कुमारी यादव, विशाल यादव र मनिषा कुमारी यादव निर्वाचित भएका छन् ।
त्यसैगरि सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको स्ववियुमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ ।
स्ववियू सभापतिमा नेविसंघका रोहित राउत विजयी भएका हुन् । उनले ५ सय ७५ मत ल्याएर निकटतम प्रतिस्पर्धीसँग १ सय ४४ मतान्तरले विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी अनेरास्ववियूका सभापति उम्मेदवार मनिष चौधरीले चारसय ३१ मत ल्याए । विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र अनेरास्ववियू एसको संयुक्त मोर्चाबाट सभापति उम्मेदवार बनेका ललित यादवले मात्र ९७ मत पाएका छन् ।