Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एसईईको परीक्षा प्रणालीबाट मुख्यमन्त्री सतिश सिंह असन्तुष्ट, परीक्षाको सम्पूर्ण प्रकृयाबाट मधेस सरकार बाहिरियो

शिक्षा समन्वय ईकाईका प्रमुखहरुले एसईई परीक्षालाई आफ्नो गिरफ्तमा राखेको मुख्यमन्त्रीको आरोप





जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस सरकार एसईईको सम्पूर्ण प्रकृयाबाट बाहिरिएको बताएका छन् । प्रदेश सरकारले राखेको केन्दध्यक्ष चयन सम्बन्धि प्रस्ताव नमाने पछि मधेस सरकार एसइईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको मुख्यमन्त्री सिंहले बताए ।
बिहीबारदेखि सुरु हुन लागेको एसईईको परीक्षाको पूर्वसन्ध्यामा मुख्यमन्त्री सिंह र मधेसका शिक्षा मन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलनको गर्दै परीक्षा प्रक्रियाबाट बाहिरिएको जानकारी दिए । प्रदेश सरकारले केन्द्राध्यक्ष गोला प्रथाबाट चयन गर्न निर्देशन दिएकोमा शिक्षा समन्वय ईकाई लगायत शैक्षक संस्थाहरूले नमानेपछि सरकार बाहिरिएको जनाइएको छ । मुख्यमन्त्री सिंहले प्रदेश सरकारले एसईई परीक्षालाई मर्यादित बनाउनकालागि गोला प्रथा सम्बन्धी प्रस्ताव अगाडी सारेपनि शिक्षा समन्वय ईकाईका प्रमुखहरुले नमानेको आरोप लगाए । उनले शिक्षा समन्वय ईकाईका प्रमुखहरुले एसईई परीक्षालाई आफ्नो गिरफ्तमा राखेको र गिरफ्तबाट फुत्किन नदिनकालागि प्रदेश सरकारको प्रस्ताव अस्वीकार गरेको गुनासो गरे । उनले भने ‘हामीले केन्द्राध्यक्ष राम, श्याम वा घनश्यामलाई राख्न भनेको होइन्, केन्द्राध्यक्ष गोला प्रथाबाट तोकौँ मात्रै भनेको हो तर उनीहरुले मानेनन् ।
प्रदेश सरकारको कुरै नमान्ने भए एसईईको परीक्षामा प्रदेश सरकार शामिल हुनुको कुनै औचित्य नरहेको मुख्यमन्त्री सिंहले बताए ।