Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एसईई परीक्षा शुरु हुनुभन्दा अगावै नतिजा प्रकाशन गर्ने मिति सार्वजनिक





काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले चैत्र ७ गते सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी असार ७ गतेभित्र निकाल्ने जनाएको छ ।
परीक्षा सञ्चालन भएको ९० दिनभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरिएको बोर्डले जानकारी दिएको हो । बिहीबार बिहान ८ बजे सुरु हुने परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै छन् ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नतिजा कहिले आँउछ भनेर विद्यार्थीलाई अन्योल नहोस् भनेर यस वर्ष नतिजा निकाल्ने मिति तोकिएको बताएका छन् । एसईईका लागि देशभर २ हजार ८० परीक्षा केन्द्र तोकिएका छन् ।
यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् । कारागारका २५ , सुधारकेन्द्रका २१ र एचआईभी प्रभावित ४ विद्यार्थी एसईई दिँदै छन् ।
सबैभन्दा बढी विद्यार्थी काठमाडौँबाट ३९ हजार ६ सय विद्यार्थीले एसईई दिँदै छन् । सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन् । सरकारले एसईईका लागि प्रत्येक वर्ष २७ करोड ७०लाख रकम छुट्याउने गरेको छ । त्यसमध्ये १७ करोड उत्तरपुस्तिका र प्रश्नपत्र छपाइमा खर्च हुने र अन्य रकम व्यवस्थापन, कापी परीक्षण, जनशक्ति, तयारी लगायतमा खर्च हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
एसईई परीक्षाको सम्पूर्ण जिम्मा बोर्डले नै लिएको छ । परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका प्रकाशन गर्ने काम मात्र प्रदेश सरकारले पाएको छ ।