

काठमाडौं ।
आउँदो अप्रिलमा नेपालमै हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोटका लागि नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार १८ सदस्यीय टोली घोषणा गरेको हो । यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ ।
छनोट प्रतियोगिता मुलपानी क्रिकेट रंगशालामा अप्रिल १२ देखि सुरु हुँदै छ । त्यसअघि नेपालले अफगानिस्तानको टोलीसँग पनि ३ खेलको शृंखला खेल्ने छ ।
