Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसमा ६७ वर्षिय विद्यार्थीले गरे मतदान





सप्तरी ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाता रहेका ६७ वर्षीय निर्भयकान्त झाले मतदान गरेका छन् ।
झाले मंगलबार बिहान मतदाताको लाइनमा सबैभन्दा अगाडी उभिएर युवा विद्यार्थीहरुलाई शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन सुझाव दिए । झा मतदाताको लाइनमा रहँदा उम्मेदवारहरु उनी नजिक झुम्मिएका थिए । सप्तरीको तिलाठी घर भएका झाले पढाईलाई उमेरले नछेक्ने बताउँदै एउटा विद्यार्थीको हैसियतमा मताधिकारको प्रयोग गरेको बताए ।
कुल ३ हजार १२ मतदाता रहेको महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा स्ववियु सभापतिका लागि ५ जना प्रतिस्पर्धामा छन् ।