Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्ववियू चुनाबलाई लिएर विद्यार्थीसँग वार्ता गर्न राराब क्याम्पसले वार्ता समिति गठन गरे, बिना अधिकारको वार्ता समितिले प्रभावकारी भूमिका खेल्छ त्यसमा समितिकै सदस्यको शंका





जनकपुरधाम ।
जनकपुरधामको रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा स्ववियू चुनाबलाई लिएर विद्यार्थीहरुसँग वार्ता गर्न आज वार्ता समिति गठन गरिएको छ । तर वार्ता समितिका एक सदस्यले बिना अधिकारको वार्ता समितिले प्रभावकारी भूमिका खेल्छ त्यसमा शंका गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले राराब क्याम्पस सहित १५ वटा आङ्गिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया अगाडि बढाउन आइतवार निर्देशन दिएको एकदिन नबित्दै जनकपुरधाममा वार्ता समिति गठन गरिएको छ । वार्ता समितिको संयोजकमा प्राध्यापक संघ राराब क्याम्पस इकाइ समितिका सभापति मुक्तिनाथ साह, उपप्राध्यापक रेमन्त मोरबैता, उपप्राध्यापक रामसेवक ठाकुर, उपप्राध्यापक राजेश झा र उपाप्रध्यापक बिनिता ठाकुर रहेका छन् ।
क्याम्पस प्रमुख बसन्तकुमार कर्णले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरी वार्ता समिति गठनको जानकारी दिएका छन् । यता वार्ता समितिका सदस्य रहेका उपप्राध्यापक रेमन्त मोरबैताले विद्यार्थीसँग वार्ताका लागि म्यानडेड आफूहरुलाई नदिएकाले मात्रै कमिटी गठन गर्दा वार्ता सफल हुन्छ त्यो भन्न सक्ने आधार नरहेको मोडेल खबरसँग कुरा गर्दै प्रतिक्रिया दिनु भएको छ । आफूहरु कसरी वार्ता गर्ने अहिलेसम्म बुझन नसकेको समेत उहाँले बताउनुभयो ।