Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्‍यो, अब चैत ८ गते





काठमाडौं ।

त्रिवि, विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन चैत ८ गते सम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन चैत ८ गते हुनेगरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिविका कानुन सल्लाहकार, निर्देशिका र आचारसंहिता अनुसार यस्तो निर्णय भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार भोलि (सोमबार) दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ ।