Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

होलीको क्रममा धनुषाको २ स्थानमा झगडा, १को मृत्यु १ घाइते, ५ जना प्रहरी नियन्त्रणमा

धनुषा र महोत्तरी गरी ८ सवारी दुर्घटना, ९ जना घाइते





जनकपुरधाम ।
होली पर्वको क्रममा धनुषामा दुई स्थानमा विवादमा भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शनिबार होली पर्व मनाईरहेको क्रममा धनुषाको दुई स्थानमा विवाद हुँदा १ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका छन् । दूबै घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।
जनकपुरधाम २३ को विन्धी स्थित होली खेलिरहेको विषयमा विवाद साथीले १८ वर्षिय आशु यादवलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विन्धीकै धर्मेन्द्र महतोलाई पक्राउ गरि सकेको छ ।
त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार होली पर्व दिन धनुषा र महोत्तरी गरी ८ स्थानमा सवारी दुर्घटना भएका छन् । ८ वटै दुर्घटनामा परेर ९ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धनुषामा भएको ४ सवारी दुर्घटनामा परेर ४ जना र महोत्तरीको ४ स्थानमा भएको सवारी दुर्घटनामा परेर ५ जना घाइते भएका हुन् ।
यता प्रहरीले होली पर्वलाई ध्यानमा राखेर धनुषा र महोत्तरीमा गरी विभिन्न स्थानमा राखेको चेकिङ्ग प्वाइन्टबाट मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा नियम उल्लंघन गर्दै चलाइएको कुल ९४ सवारी साधनलाई नियन्त्रणमा राखेर होल्डमा राखेको जनाइएको छ । धनुषामा ८६ मोटरसाइकल र ४ वटा चार पाङ्ग्रे गाडीलाई होल्डमा राखिएको थियो भने महोत्तरीमा ४ मोटरसाइकललाई प्रहरीले होल्डमा राखेको थियो ।