Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

त्रिचन्द्रमा मतपत्रको विषयमा विवाद, सभापतिका उम्मेदवारले नै लगाए ताला





काठमाडौं ।

त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् ।

मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएपछि सभापतिका उम्मेदवार विवेक बानिया र श्रीधर श्रेष्ठले ताला लगाएका हुन् ।

निर्वाचन समितिले निर्देशिका अनुसार गोलाप्रथाबाट नाम राखेर मतपत्र छपाइ गर्न खोजेको छ ।

नमुना मत पत्र बनाएर समितिले उम्मेदवारहरूसँग शुक्रबार छलफल पनि गरेको थियो । तर असन्तुष्ट बनेका सभापतिका उम्मेदवार बानिया र श्रेष्ठले ताला लगाएका हुन् । निर्वाचन अधिकृत डा. अंगद गौतमले सहमतिको प्रयास भइरहेको बताए ।

‘निर्देशिकाले गोलाप्रथाबाट क्रम निर्धारण गर्ने भनेको छ । उनीहरूको क्रममा सचिव कोषाध्यक्ष र सदस्यको निर्धारण गर्ने भनेको छ । सोही अनुसार नमुना मतपत्र बनाएर छलफल गरेको हो । दर्ता क्रममा गर्ने र निर्देशिका अनुसार गर्ने भन्नेमा विवाद भएको हो । सहमतिको प्रयास गरिरहेका छौं,’ उनले भने ।

ताला लगाउने सभापतिका उम्मेदवार श्रेष्ठ नेविसंघबाट बागी उठेका थिए । तर, नेविसंघको केन्द्रले उनलाई आधिकारिता नदिएपछि स्वतन्त्र उठेका हुन् । बानिया स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघबाट सभापतिको उम्मेदवार बनेका हुन् ।