

जनकपुरधाम ।
संसदीय मामिला पत्रकार समाज,जनकपुधामको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले होली संस्कृति पर्व मात्रै नभइ भाइचारा बढाउने पर्व पनि रहेको बताउनु भयो । उहाँले भन्नुभयो – यस पर्वमा बुरा नमाने होइन बुरा मान्ने कार्य गर्नु हुँदैन ।
समाजका अध्यक्ष वीरेन्द्र रमणको अध्यक्षतामा भएको सो समारोहमा पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्ण, प्रदेश सचिव शैलेन्द्र महतो, जिल्ला अध्यक्ष पुरन गुप्ता, पूर्व अध्यक्ष मनिका झा, प्रेस चौतारीका अध्यक्ष नविन मिश्र, मधेश पत्रकार समाजका अध्यक्ष सुभाष कर्ण, पत्रकार विकास कर्ण लगायतले बोल्नु भएको थियो ।

