Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एसईईको तयारी पूरा, २ हजार ७९ परीक्षा केन्द्र तोकिए

५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै





काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ ।

आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको छ ।

‘हाम्रो तर्फबाट तयारी पूरा भएको छ । सिम्बोल नम्बर, प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । जिल्ला जिल्लामा केन्द्राध्यक्षको अभूमिखीकरण भएको छ,’ परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने ।

पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ । परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ । सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ ।