Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्ववियु निर्वाचनका लागि राराव क्याम्पस जनकपुरधाममा उम्मेदवारको मनोनयन दर्ता हुन सकेनन्, स्ववियू सभापति मनिष यादव भन्नुहुन्छ – विद्यार्थीको माँग सम्वोधन पछि मात्रै चुनाब हुन्छ





जनकपुरधाम ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमूखी क्याम्पसमा उम्मेदवारको मनोनयन दर्ता हुन सकेको छैन । बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको थियो । विद्यार्थीहरुको आन्दोलनका कारण निर्वाचन प्रक्रिया बढन नसकेको राराव क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसमा डिजिटल कार्ड अनिवार्य लागु गरियोस, निर्माण भएको फर्जिकार्ड तुरन्त बदर गरियोस, मास्टर डिग्री दोस्रो सेमेष्टरका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्न व्यवस्था गरियोस तथा नाम दर्ताका लागि आवश्यक समय उपलब्ध गराइयोस, नामाकंन गर्ने समय आवश्यक अनुसार थप गरियोस र आइडी कार्ड बनाउने समय थप गर्न लगायतको माँग गर्दै विद्यार्थीहरु आन्दोलनमा ओर्लेको स्ववियूका वर्तमान सभापति मनिष यादवले मोडेल खबरलाई जनाएका छन् ।
यादव भन्नुहुन्छ – विद्यार्थीको माँग सम्वोधन पछि मात्रै चुनाब हुन्छ ।