Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बुधबार प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक सम्बन्धी प्रक्रिया अगाडी बढाइने





काठमाडौं ।
संघीय संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक आगामी बुधबार (२८ फागुन) बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखिएको छ ।
सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बुधबारको बैठकमा स्वीकृत भएका अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइनेछ ।
‘बैठक विशेष गरी भोलि २७ गते र २८ गते प्रतिनिधि सभाको बैठक बस्छ । सरकारले अहिले अध्यादेश स्वीकृत भएपछि स्वीकृत अध्यादेश बमोजिम प्रतिस्थापन विधेयक पनि संसद्मा दर्ता गरिसकेको छ,’ बर्तौलाले भने, ‘त्यसलाई कार्यसूचीमा समावेश गर्ने विषयमा आज छलफल भएको हो । त्यसलाई २८ गतेको बैठकमा प्रतिष्थापन विधेयकलाई कार्यसूचीमा समावेश गरेर जाने भन्नेगरीको छलफल भयो ।’
उनले २८ गतेकै बैठकमा विधेयकलाई पेस गरेर प्रक्रिया आरम्भ गर्ने जानकारी दिए ।