Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लायन्सको गर्भनरमा उम्मेदवारी दिने नलिनीको घोषणा, मोडेल खबरसँग कुरो गर्दै उहाँले भन्नुभयो – गर्भनर बनेपछि भोला सिंह स्कूललाई पुनः सञ्चालनमा ल्याउछु





सुजीतकुमार झा
जनकपुरधाम ।
लायन्स क्लवको केही महिनामा हुने निर्वाचनमा जनकपुरधामका नलिनीकुमार कर्ण पनि चुनाब लडने घोषणा गर्नु भएको छ । लायन्स क्लव अफ जनकपुरधाम मिथिलाञ्चलले नलिनीलाई गर्भनर पदमा उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । मिथिलाञ्चलका उहाँ पूर्व अध्यक्ष रहि सक्नु भएको छ ।
मोडेल खबरसँग कुरा गर्दै नलिनीले गर्भनर बनेपछि जनकपुरधाममा लायन्स मार्फत ब्लड बैंकको स्थापनाका साथै भोला सिंह लायन्स मिथिला इंगलिस स्कूल पुनः सञ्चालनमा ल्याउने घोषणा गर्नु भएको छ ।
भोला सिंह यो क्षेत्रको एकतामा सबै भन्दा राम्रो स्कूल थियो । लायन्सद्वारा सञ्चालित सो स्कूलको आफनै जमीन, भवन थियो । अहिले भवन राजर्षि जनक विश्व विद्यालयलाई भाड़ामा दिइएको छ । सो स्कूलमा केही वर्षदेखि बन्द रहेको छ ।
गर्भनरको काम देशभरिको विकास गर्नु भएपनि जनकपुरधामको लागि आफूले केही सपना देखेको जसलाई पूरा गराउन सधै प्रयत्न गर्ने बताउनुभयो ।
नलिनीसँगको सम्र्पूण कुराकानी केहीबेरमा https://www.youtube.com/@ModelKhabar मा हेर्न एवं सुन्न सकिन्छ ।